site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड र ओलीबीच भेटवार्ता 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीले बोलाएपछि ओली भेट्न गएको उनको सचिवालयले जनाएको छ । भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्