site stats
बाह्रखरी :: Baahrakhari
खेल
सुरु भयो वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल

काठमाडौं । एसिया कप–२०२३ मा वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ ।

सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७.५ ओभरमा ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षाका कारण एक घण्टा रोकिएपछि खेल फेरि सुरु भएको हो ।

जारी खेलको ३७.५ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा खेलिरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्