site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानको कोइला खानीमा विस्फोट, ६ श्रमिकको मृत्यु
सांकेतिक तस्बिर ।

तेहरान । इरानको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परी ६ श्रमिकको मृत्यु भएको छ ।

उत्तरी सहर दाम्घानमा ४०० मिटर गहिराइमा रहेको सुरुङमा विस्फोट भएको सरकारी समाचार संस्था इरनाले जनाएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन ।

इरनाले भनेको छ, “आइतबार दाम्घानमा कोइला खानीमा विस्फोट हुँदा ६ जना कामदार भूमिगतरूपमा फसेका थिए ।”

श्रमिकको सकुशल उद्धारको प्रयास असफल भएको र उनीहरूको शव सोमबार बिहान फेला परेको दूतावासले जनाएको छ ।

इरनाले घटनास्थलमा रहेका अन्य कामदारले भग्नावशेषमुनिबाट आफ्ना सहकर्मीको शव निकाल्ने प्रयास गरिरहेको फुटेज देखाएको छ ।

सन् २०२१ को मे महिनामा सोही खानीमा दुई जना कामदारको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१७ मा उत्तरी इरानको आजाद सहरमा कोइला खानीमा भएको विस्फोटमा परी ४३ जना कामदारको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्