site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसिया कपमा शतक प्रहार गर्नेलाई एक लाख दिने शुक्लाफाँटाको निर्णय
फाइल तस्बिर।

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एसिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई रु एक/एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार रकमसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत आज नेपालले भारतसँग खेलिरहेको छ । श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले खेल जारी छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्