site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुरेन्द्रलालको ‘एक मुठी माटो’ सार्वजनिक

काठमाडौं । कवि एवं कथाकार सुरेन्द्रलाल भुजूको लघुकथासंग्रह ‘एक मुठी माटो’ सार्वजनिक गरिएको छ । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा कथाकार किशोर पहाडीले कृति सार्वजनिक गरेका हुन् ।

कथाकार ध्रुव मधिकर्मी, समीक्षकद्वय डा. शेखरकुमार श्रेष्ठ र डा. हिमलाल श्रेष्ठले भुजूका लघुकथा पठनीय रहेको बताए ।

लघुकथाकार भुजूले आफूले समाजमा विद्यमान विषयबाटै प्रेरित भएर लघुकथा लेखेको सुनाए ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्