site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
म त्यहीँ छु  

‘हामी धेरै अगाडि आइसक्यौँ । यहाँ सबैले हामीलाई घुरेर हेरिरहेका छन् । यो समय र समाजमा यसरी मेलमिलाप गर्नु ठिक होइन । जाऊँ, पछाडि फर्कौँ ।’

‘कहाँ ?’

‘जहाँ अपरिचित आँखाहरू न हुन्, त्यहाँ ।’

‘कहाँ ?’

‘जहाँ सास फेर्न सजिलो होस् । शब्दका तीरहरूले न घोचून् ।’

‘कहाँ ?’

‘जहाँ हाम्रो भेट पहिलोपटक भएको थियो । कहिले जूनको त कहिले सूर्यको अँगालोमा थियौँ । फूलहरू हाम्रो मार्गमा थिए ।’

‘म त्यहीँ छु ! तिमी कहाँ गयौँ ?’

(हिन्दी समयबाट)
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्