site stats
बाह्रखरी :: Baahrakhari
देश
यी नदीमा जलसतह बढ्ने सम्भावना
फाइल तस्बिर

काठमाडौं । केही नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । 

इलाम, पाँचथर, धनकुटा, उदयपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङजा र आसपास भएर बहने केही स–साना नदीहरूमा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान माशाखाले जनाएको छ । 

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने महाशाखाको भनाइ छ । यद्यपि, जलसतह सतर्कता तहभन्दा तल रहने बताइएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्