site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरीमा लेनदेनको विषयलाई लिएर हत्या, एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । सुनसरीमा लेनदेनको विषयलाई लिएर महिलाको हत्या भएको छ ।

इटहरी उपमहानगरपालिका–२, वसन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या भएको हो ।

धरान उपमहानगरपालिका–१७, साउने बस्ती बस्ने रामेछापको खाँडादेवी गाउँपालिका–९ घर भएका २७ वर्षीय कर्मराज परियारले आफ्नै कोठामा लगेर हत्या गरेको प्रहरीले बताएको छ ।

उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्