site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले दुई ओभरमा गुमायो तीन विकेट
फाइल तस्बिर ।

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले २१ र २२औँ ओभरमा तीन विकेट गुमाएको छ । 

नेपालले छैटौँ विकेटको रूपमा दीपेन्द्रसिंह ऐरीलाई, सातौँ विकेटको रूपमा गुल्सन झालाई र आठौँ विकेटको रूपमा सन्दीप लामिछानेलाई गुमाएको छ ।

पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्यसहित ब्याटिङका लागि आएको नेपालले दीपेन्द्रलाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको हो । दीपेन्द्र २०.५ ओभरमा मोहम्मद नवाजको बलमा बोल्ड भए । यस्तै, गुल्सन २१.३ ओभरमा सदाब खानको बलिङमा फकर जमानबाट क्याच भए । सन्दीप २१.५ ओभरमा सदाब खानबाट बोल्ड भए ।

जारी खेलको २१.३ ओभर समाप्त हुँदा नेपालले आठ विकेट गुमाएर ९१ रन बनाएको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्