site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल भन्सारका कर्मचारी
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले ६० किलो सुन तस्करी प्रकरण संलग्न रहेको आरोपमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी भएको खुलेको छ ।

तस्करहरूको गिरोहलाई सहयोग गरेको पाइएपछि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पाैडेललाई बुधबार नै पक्राउ गरेको हो ।

सुन तस्करी प्रकरणमा प्रहरीले बुधबारसम्म २५ जनालाई पक्राउ गरेको छ । अनुसन्धान जारी रहेकाले पक्राउ पर्नेको संख्या अझै बढ्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्