site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतबाट थप एकजना समातिए, पक्राउ पर्नेको संख्या २५ पुग्यो

काठमाडौं । बरामद गरिएको ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले थप एकजना नेपालीलाई भारतबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा किशोर बस्नेत छन् । उनलाई भारतबाट पक्राउ गरिएको सीआईबी स्रोतले बतायो ।

उनी तिब्बतियन मूलका बेल्जियम नागरिक दावा छिरिङको सहयोगी भएको खुलेको छ । यसअघि सीआईबीले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको थियो ।

६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्