site stats
बाह्रखरी :: Baahrakhari
खेल
सोमपालले फ्याके मेडन ओभर

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालका सोमपाल कामीले तेस्रो ओभर मेडन फ्याकेका छन् । 

पाकिस्तानविरुद्ध इनिंकै पहिलो ओभर पाएका सोमपालले उक्त ओभरमा नौ रन खर्चिए पनि तेस्रो ओभरमा भने कुनै रन दिएनन् । 

पाकिस्तानको मुल्तानमा जारी खेलमा नेपाल टस हारेर फिल्डिङमा छ । अहिले ३.२ ओभरको खेल सकिँदा पाकिस्तानले विकेट नगुमाई ११ रन जोडेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्