site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालसँग खेल्ने पाकिस्तानको 'प्लेइङ–११' सार्वजनिक

काठमाडौं । एसिया कप–२०२३ मा नेपालविरुद्धको उद्घाटन खेलका लागि पाकिस्तानको 'प्लेइङ–११' सार्वजनिक भएको छ ।

पाकिस्तानी क्रिकेट बोर्डले बुधबार दिउँसोदेखि सुरु हुने खेलका लागि मंगलबार राति नै बाबर आजमको कप्तानीमा प्लेइङ–११ सार्वजनिक गरेको हो । पाकिस्तानी टिमको कप्तानी आजमले गर्दा उपकप्तानमा सदाब खान छन् । पाकिस्तानी टिमको बलिङ अट्याकमा नसिम साह, साहिनसाह अफ्रिदी र ह्यारिस रौफले स्थान बनाएका छन् ।

पाकिस्तानको मुल्तानमा हुने नेपाल र पाकिस्तानबीचको खेल भोलि दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।

पाकिस्तानी टिम :

बाबर आजम (कप्तान), सदाब खान (उपकप्तान), फकर जमान, इमाम–उल–हक, सलमान अली अघा, इफ्तिखर अहमेद, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद नवाज, नसिम साह, साहिनसाह अफ्रिदी, ह्यारिस रौफ ।
PAK-1693323667.png

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्