site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
एलबीको ‘को हो त्यो मान्छे ?’ सार्वजनिक

काठमाडौं । साहित्यकार एलबी क्षेत्रीको कविताकृति ‘को हो त्यो मान्छे ?’ सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि भुवनहरि सिग्देल, भुवन ढुंगाना, प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलगायतका सर्जकले कृति लोकार्पित गरे ।

उक्त कृतिमाथि सर्जकहरू भुवन ढुंगाना र महेश पौड्यालले समीक्षात्मक टिप्पणी गरे ।

कार्यक्रममा कृतिकार क्षेत्रीसहित प्रमुख अतिथि सिग्देल, कुलपति राई, प्रतीक ढकाल, डा. अशोक थापालगायतले बोलेका थिए ।
कवितासंग्रह पेज टर्नरले प्रकाशित गरेको हो ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्