site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीयता बचाउन सरकार प्रतिबद्ध छैन : निधि
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिबद्ध नरहेको आरोप लगाएका छन् । त्यसका लागि शान्तिपूर्ण संवैधानिक लडाइँ लड्नुपर्ने उनको भनाइ छ ।

शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले संघीयता बचाउन आन्दोलनको आवश्यकता रहेकामा जोड दिए ।

“केन्द्रीय सरकार संघीयताको मर्मअनुसार काम गर्न सकिरहेको छैन र प्रदेश सरकार पनि संघीय कानुनानुसारको अधिकारका लागि अग्रसर दैखिँदैन,” उनले भने, “यसैले संघीयता बचाउन आन्दोलनको आवश्यकता छ ।”

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्