site stats
बाह्रखरी :: Baahrakhari
देश
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज सकिँदै 
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बिहान ८ बजेबाट सुरु हुने बैठकमा बाँकी केन्द्रीय सदस्यले धारणा राख्नेछन् । 
 
मंगलबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । एकजनालाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ । 

आज बैठक सक्ने तयारी रहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्