site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गोकुल बाँस्कोटा भन्छन्– रंगमञ्च उठेपछि आयो

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले सुन तस्करी प्रकरणमा छानबिन आयोग रंगमञ्च उठेपछि आयो भन्दै व्यङ्ग्य गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले तस्करी गराएर ल्याइएको करिब २३ क्विन्टल सुन बाहिर पठाइएको आरोप समेत लगाए ।

“आउन त आयौ तिमी रंगमञ्च उठेपछि आयो त्यस्तो भो । किनभने यसबीचमा हामीले प्राप्त गरेका सुचना अनुसार करिब २३ क्विन्टल सुन रातारात बाहिर पठाइयो । एक क्विन्टल सुन समातियो । ६० केजी भयो क्यारे जोख्दा,” उनले भने ।

आयोगको प्रतिक्षामा रहेको र त्यसको तथ्यलाई स्वीकार गर्ने बताए । उनले आयोगको माग गरेर एमालेले कसैको कुर्सी हल्लाउन नखोजेको बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्