site stats
बाह्रखरी :: Baahrakhari
खेल
रोहितलाई प्रश्न– एसिया कपमा नेपालको लक्ष्य के हुन्छ ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा आफूहरूको ‍लक्ष्य उत्कृष्ट खेल्नेमा हुने बताएका छन् । 

आज आयोजित पत्रकार सम्मेलनमा रोहितले नतिजा आफूहरूको नियन्त्रणमा नरहेकाले उत्कृष्ट खेल्ने नै आफूहरूको उद्देश्य हुने बताएका हुन् ।

उनलाई पत्रकारले 'भारत र पाकिस्तानसँगको खेलमा नेपाली टिमको लक्ष्य के हुन्छ' भनेर प्रश्न गरेका थिए ।

जवाफमा उनले भने, "रिजल्ट हाम्रो कन्ट्रोलमा छैन । प्रक्रिया कन्ट्रोलमा छैन । त्यो दिन सबैले हेरिरहेको हुन्छ, बेस्ट क्रिकेट प्रिजेन्ट गर्ने हो ।"

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्