site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीमा बैठक बसेको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । दुवै प्रतिवेदनमाथि छलफलपछि पारित गरिनेछ । 

बैठक यही भदौ ७ गतेसम्म चल्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठनको पुनर्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्