site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । सोमबार राति ८ बजे खसेको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको हो । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुल नजिकै खसेको पहिरोको कारण सडक अवरुद्ध भएको हो ।

सडक डिभिजनको दुईवटा मेसिनबाट पहिरो पन्छाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

पूर्णरूपमा पहिरो पन्छाउन अझै समय लाग्ने बताइएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई आज वैकल्पिक बाटो प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्