site stats
बाह्रखरी :: Baahrakhari
देश
नुवाकोटमा बोलेरो दुर्घटना, एकजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१०, शुभघाटमा आज बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बोलेरोमा सवार चितवनको भरतपुर महानगरपालिका–३ का ५५ वर्षीय होमबहादुर बस्नेत रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतलाई उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

वाग्मती प्रदेश ०१–००२ झ ६०५६ नम्बरको बोलेरो जीप आज बिहान ९ बजे अनियन्त्रित भइ पल्टिएको थियो  । जीपसहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्