site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हामी भ्रष्टाचार विरोधी हौँ, एकीकृत समाजवादीको महत्त्व झन् बढ्दै छ : माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफूहरू सधैँ भ्रष्टाचारको विरुद्धमा रहेको बताएका छन् । आजदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले सरकारलाई पनि भ्रष्टाचारविरोधी अभियानलाई निरन्तर अगाडि बढाउन आग्रह गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष नेपालले पार्टी अगाडि बढ्न कम्मर कसेर लागेको बताएका छन् । उनले एकीकृत समाजवादीको महत्त्व दिन प्रतिदिन बढिरहेको पनि दाबी गरे ।

"नेकपा (एकीकृत समाजवादी) समयको माग हो । यसको महत्त्व दिनदिनै बढिरहेको छ । यो नै कम्युनिस्ट विचारधाराभित्रको उत्तम विकल्प हो । पार्टी सधैँ राष्ट्रियताको रक्षा र सम्बर्धन  गर्न जनजीविकाका लागि संघर्ष गर्न समाजवादको धेय पूरा गर्न र जनतालाई सुशासन  प्रदान गर्न लागि नै रहने छ," नेपालको भनाइ उद्धृत गर्दै खतिवडाले भने ।

आज पहिलो दिन २६ जनाले धारणा राखेका छन् । बैठक भोलि ११ बजे फेरि बस्ने छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्