site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुखसँगको छलफलपछि एमालेले भन्यो– सदन प्रधानमन्त्रीसँग कुरा मिल्यो भने मात्र खुल्छ
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाको अवरोध खुल्न आधार नभेटिएको बताएको छ ।

सदनको अवरोध खुलाउने विषयमा छलफलका लागि सभामुखले राखेको प्रमुख सचेतकहरूसँगको छलफलपछि एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो जानकारी गराएका हुन् ।

Argakhachi Cement Island Ad

“सदन सरकारको अकर्मण्यताले अवरोध भएको हो । हाम्रो अडान कायमै छ,” सभामुखसँगको छलफलबाट बाहिरिने क्रममा प्रमुख सचेतक गिरीले भने, “बैठक प्रधानमन्त्रीसँगको छलफलपछि चल्ने/नचल्ने थाहा हुन्छ ।”

उनले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने आफ्नो पार्टीको माग कायमै रहेको बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्