site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाको बैठक भोलि
फाइल तस्बिर ।

काठमाडौं । चारदलीय समाजवादी मोर्चाको बैठक भोलि बस्ने भएको छ । काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।

भोलि साँझ ६ बजे समाजवादी मोर्चाको बैठक बस्ने एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

पछिल्लो समय उक्त मोर्चा निष्क्रियजस्तै देखिएको छ । मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्