site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा अपराधका घटना बढे, साउनमा मात्रै २४० जना पक्राउ
फाइल तस्बिर।

काठमाडौं । काठमाडौं प्रहरीले गत साउनको तुलनामा यस वर्षको साउनमा अपराधका घटना बढेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत वर्षको साउनमा एक हजार ४७ अपराधका घटना भएकोमा यस वर्ष साउनमा एक हजार २७५ अपराधका घटना भएको जनाएको छ ।

Argakhachi Cement Island Ad

काठमाडौं परिसरमा सबैभन्दा बढी ५६० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् भने अभद्र व्यवहारका २७९ मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

त्यस्तै, साउन महिनामा अनलाइन ठगीसम्बन्धी ६५ निवेदन दर्ता भएकामा दुईवटा मिलापत्र भएर बाँकी ६३ निवेदनमा अनुसन्धान भइरहेको उनले बताए ।

साउन महिनामा नै विभिन्न मुद्दामा २४० जनालाई पक्राउ गरिएको र कुल १८ करोड ८० लाख जरिवानाको फैसला भएको उनले जानकारी दिए ।

यस अवधिमा परिसरमा दुई हजार ६५१ जनाले सेवा लिन आएको, कालिमाटी एरियामा १८ वटा सीसीटीभी क्यामेरा जडान गरेको, प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको काठमाडौं परिसरले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्