site stats
बाह्रखरी :: Baahrakhari
देश
'सामाजिक सञ्जालमा केटी बनेर रेस्टुरेन्टमा बोलाउँथे, पछि धम्की दिएर लाखौँ रकम माग्थे'

काठमाडौं । प्रहरीले 'अपरेसन हनी ट्र्याप'अन्तर्गत दुईजनाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाईकी आसिका रजल मगर र दोलखा भिमेश्वरका राजु खत्री रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुषहरूलाई खाजा खाने बाहनामा रेस्टुरेन्टमा लगेर भेटघाट गर्ने गरेका थिए । त्यसपछि पीडितहरूको घर ठेगाना, कार्यालय तथा सवारी साधनलगायतका सम्पूर्ण विवरणहरू डायरीमा संकलन गर्थे ।

सबै विवरण पाएपछि प्रत्यक्ष भेटघाट गरेर झुठा मुद्दा लगाएर फसाइदिने भन्दै पीडितलाई धम्की देखाएर मोलमोलाइ गरेर ठुलो रकम माग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले विभिन्न मितिमा ४० लाख बराबरको रकम उल्लेख भएका आठ थान चेक काट्न लगाएर रकम असुल गरेको घटनाका आधारमा पक्राउ गरेको हो । 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्