site stats
बाह्रखरी :: Baahrakhari
देश
सार्वजनिक स्थानमा तास खेलेको आरोपमा कीर्तिपुरबाट पाँचजना पक्राउ

काठमाडौं । प्रहरीले सार्वजनिक स्थानमा जुवातास खेलेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले कीर्तिपुर नगरपालिका–३ देवढोकास्थित सार्वजनिकस्थलमा तास खेल्दै गरेका ६९ वर्षीय रामशरण महर्जनसहित पाँचजनालाई पक्राउ गरेको हो । 

पक्राउ परेकामाथि प्रहरीले जुवातास मुद्दामा अनुसन्धान थालेको छ । उनीहरूको साथबाट प्रहरीले ३० हजार नगद रुपैयाँ र तीन बुक ताससमेत बरामद गरेको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्