site stats
बाह्रखरी :: Baahrakhari
देश
बाग्लुङमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । बाग्लुङमा ७९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

निसीखोला गाउँपालिका–६ रङगिला बस्ने २७ वर्षीय देवबहादुर कामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कामीले आइतबार साँझ सोही ठाउँस्थित गोरेटो बाटोमा ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी निसीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्