site stats
बाह्रखरी :: Baahrakhari
देश
नरदेवीमा लागेको आगो नियन्त्रणमा 
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको नरदेवीमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिका–१८, नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तलामा लागेको आगो केही बेरअघि निभाइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार बिहान करिब ७ बजे आगलागी भएकामा दमकल, पानी ट्यांकर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो ।

आगलागीबाट पाँचौँ तलाको ढोका र झ्यालमा क्षति भएको उनले जानकारी दिए । आगलागीको कारण खुल्न नसकेको प्रहरी उपरीक्षक ढुंगेलले बताए । रासस

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्