site stats
बाह्रखरी :: Baahrakhari
देश
डेंगी संक्रमितको संख्या १० हजार नाघ्यो, ७४ जिल्ला प्रभावित
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट ९ सम्म १० हजार ७२६ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीका ६ हजार ४१ जना छन् । मोरङमा एक हजार ३४४ र धादिङमा एक हजार २७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्की, धनकुटा, झापा, संखुवासभा, तनहुँ, दार्चुला र काठमाडौं गरी १० जिल्लामा नौ हजार ६१२ जना संक्रमण देखिएको छ ।

यो अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा २५१ जनामा संक्रमण पुष्टि भएको छ ।

अघिल्लो वर्षमा संक्रमण नदेखिएका धेरै जिल्लाहरू अहिले प्रभावित भइरहेको महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए ।

डेंगी संक्रमणका कारण यो अवधिमा आठजनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्