site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले बोल्दा कांग्रेसको अवरोध, एमालेले गर्‍यो वेल घेराउ

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेको छ ।

क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै उसले संसद् अवरोध गरेको हो ।

बैठक सुरु हुनेबित्तिकै एमालेले समय लिएर बोलेको थियो । पार्टीको तर्फबाट सूर्यबहादुर थापा क्षेत्रीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताए ।

उनी बोलिरहँदा नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए । त्यसपछि एमालेले वेल घेराउ गरेको हो । साथै, एमालेले नाराबाजी पनि गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्