site stats
बाह्रखरी :: Baahrakhari
देश
पक्राउ परेकामाथि अनुसन्धान गर्न सीआईबीले पायो सात दिन

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सात दिनको समय पाएको छ । 

सोमबार जिल्ला अदालतबाट सीआईबीले सात दिनको समय पाएको हो । यसअघि राजस्व अनुसन्धान विभागले उच्च अदालतबाट म्याद थप गर्दै आएको थियो ।

विभागले अनुसन्धानको जिम्मा सीआईबीलाई दिइसकेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्