site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् बैठक बस्दै नबसी भोलिसम्मका लागि स्थगित 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार (भोलि)सम्मका लागि स्थगित गरिएको छ ।

बैठक मंगलबार दिउँसो ३ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

यसअघि, संसद् बैठक आज दिउँसो १ बजे बस्ने तय गरिएको थियो । पछि अपराह्न ४ बजे बस्ने गरी बैठकको समय सारिएको थियो । तर, बैठक सुरु नै नभइ भोलिसम्मका लागि स्थगित गरिएको हो ।

सदनको अवरोध हटाउने विषयमा सरकार र प्रतिपक्ष दल नेकपा (एमाले)बीच सहमति नहुँदा बैठक स्थगित गरिएको हो । एमालेले करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । सरकार सहमत भएको छैन ।

सदन खुलाउने विषयमा आजै सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच दुईपटक छलफल भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्