site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी केन्द्रीय समिति बैठक : अध्यक्ष प्रचण्डले आज जवाफ दिँदै
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । 

शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ । 

आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने नेताहरूले बताएका छन् । 

चार दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा २२१ नेताले आफ्नो धारणा राखेका छन् । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि बैठक सकिनेछ । 

सुनकाण्डमा नाम जोडिएका नेतामाथि अनुसन्धान गर्न माओवादी केन्द्रीय सदस्यहरूको माग

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्