site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदन किरातीले भने– सरुवा बढुवाका लागि 'सोर्स' लगाउने कष्ट नगर्नू, काम हुँदैन
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कर्मचारी सरुवा, बढुवाका लागि 'सोर्स' लगाउने कष्ट नगर्न आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, "पुनः स्मरण गराउँदछु; सरुवा, बढुवा, नियुक्ति,पुनर्नियुक्ति गर्न गराउन मेरो परिवार नाता गोता र कुनै शक्ति केन्द्र बाट सोर्स लगाउने दु:ख कष्ट कसैले नगर्नुहोला ।"

उनले आफूहरूबाट त्यस्ता कामहरू नहुने बताए । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्