site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘सन्न्यासअघि ज्ञानेन्द्रले क्यानलाई जानकारी दिएनन्’
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबार सन्न्यासको घोषणा गरेका छन् । तर, नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले ज्ञानेन्द्रले सन्न्यासअघि आफूहरूलाई आधिकारिकरूपमा कुनै जानकारी नदिएको बताए ।

“बल्ल थाहा भएको छ । सन्न्यासअघि हामीलाई केही जानकारी थिएन । दिउँसो मिडियामा आइपछि हामीलाई मेल आएको थियो,” कार्यवाहक सचिव पाठकले बाह्रखरीसँग भने, “दिउँसो सवा २ बजेतिर अन्तर्राष्ट्रिय करियरबाट सन्न्यास लिएको भनेर इमेल आएको थियो । त्यसअघि आधिकारिक जानकारी थिएन । हामीले पनि मिडियाबाट थाहा पाएका हौँ ।”

ज्ञानेन्द्रले शुक्रबार सन्न्यासको घोषणाअघि पत्रकार सम्मेलनका लागि निमन्त्रणा पठाएका थिए । उनले दिउँसो २ः३० बजे पत्रकार सम्मेलन राखेका थिए 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्