site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चित्रबहादुर केसीको आरोप– राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छ
फाइल तस्बिर।

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति केसीले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभएर सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताए ।

"अहिलेको नेपालको स्थिति धेरै गम्भीर छ । यो राज्यसत्ता नै लुटपाटमा, भ्रष्टाचारमा लागिसकेपछि गर्नुहुन्छ के ? कसलाई थाहा छैन ? यहाँ कुन चाहिँ पार्टी हो ? कुन चाहिँ व्यक्ति हो ? भन्नुभन्दा पनि राज्यसत्ता पूरै लुटपाटमा सामेल भइसकेपछि त गाह्रो छ हामीलाई । तैपनि हामीले हरेस खानेकुरा भएन," केसीले भने । 

Argakhachi Cement Island Ad

उनले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको निर्वाचन छिटो हुनुपर्ने पक्षमा आफू रहेको पनि बताए । उहाँले समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको भन्दै उहाँले यसको दोष सबैले लिनुपर्ने बताउनु

उनले आजको बैठकमा गृहमन्त्रीलाई बोलाइएको भए पनि नेकपा(माओवादी केन्द्र)को केन्द्रिय कमिटी बैठकका कारण आउन नसक्ने जानकारी आफूलाई गराएको बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्