site stats
बाह्रखरी :: Baahrakhari
देश
धादिङमा तीनवटा ट्रक ठोक्कियो, तीनजना घाइते

काठमाडौं । धादिङको गणेशपुलमा मंगलबार बेलुकी तीनवटा ट्रक ठोक्किएको छ ।

धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिका बीचमा पर्ने गणेशपुलमा तीनवटा ट्रक एकापसमा ठोक्किँदा तीनजना घाइते भएका छन् ।

ब्रेक फेल भएका कारण ठोक्किएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका कारण राजमार्ग अवरुद्ध भएको छ ।

ट्रकको नम्बर खुल्न सकेको छैन ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ००:०६
प्रतिक्रिया दिनुहोस्