site stats
बाह्रखरी :: Baahrakhari
देश
सिरहामा युवकको शव फेला
प्रतीकात्मक तस्बिर ।

लहान । सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेलापरेको छ । गोलबजार नगरपालिका—२, गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेलापरेको प्रहरीले जनाएको छ ।

गागन खोला किनारको झाडीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा युवकको हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

टाउकामा चोट लागेको र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकाले हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी रवीन्द्रराज पाण्डेले भने, “अन्यत्र कतै हत्या गरी शव झाडीमा फालिएको हो कि भन्ने शंका छ । प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ ।” रासस

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्