site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आयो, ग्यासको घट्यो

काठमाडौं । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले नेपाल आयल कर्पोरेसनलाई नयाँ मूल्य सूची पठाएको छ ।

आईओसीले पठाएको मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।

भारतबाट डिजेलको मूल्य लिटरमा सात रुपैयाँ, पेट्रोल आठ रुपैयाँले बढेर आएको हो । यस्तै, मट्टीतेल लिटरमा सात रुपैयाँ ५० पैसा र हवाई इन्धन आठ रुपैयाँ ५० पैसाले बढेर आएको निगमले जनाएको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्