site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्यका कर्मचारीको व्यवस्थापन लागि आठ पेसागत संगठनका ६ सुझाव 

काठमाडौं । तीन तहमा समायोजित स्वास्थ्यका कर्मचारीको समस्या समाधानका लागि आठ पेसागत संगठनले ६ बुँदे सुझाव पेस गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर ती संगठनले कर्मचारी व्यवस्थापनका लागि ६ बुँदे सुझाव दिएका हुन् ।
 
संयुक्त सुझाव पत्रमा मन्त्रालयले समायोजन मिलान भएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा कामकाज गर्ने वातावरण मिलाउनुपर्ने, गुनासो निवेदनको अन्तिम टुंगो लगाउनुपर्ने जस्ता बुँदा समेटिएको छ । अन्तरपालिका सरुवाको जिम्मा प्रदेशलाई दिनुपर्ने, कामकाज र कामकाज फिर्ता सम्बन्धी निर्णय सबै तहहरूमा समान हुनुपर्नेजस्ता विषय पनि समेटिएको छ । 

मूल समायोजन गर्दा संघ, पुल, फाजिल भनेर समायोजनको पत्र दिइएका कर्मचारीलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकमुष्ठ दरबन्दी सिर्जना गरी कामकाजमा खटाउन पनि सुझाव दिइएको छ । 

11690527921.jpg

21690527897.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्