site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा आज दिनभर वर्षाको सम्भावना छ ? 

काठमाडौं । काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ । काठमाडौंका अधिकांश भू–भागमा बिहानैबाट वर्षा भइरहेको हो । 

बिहान ९/१० बजेसम्म वर्षा हुने र त्यसपछि भने रोकिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “अहिले नै वर्षा हुन कम भइसकेको छ । ९/१० बजेसम्ममा रोकिनेछ,” मौसमविद् सञ्जिव अधिकारी भन्छन्, “त्यसपछि अपराह्नसम्म वर्षा नहुने र त्यसपछि भने पुनः बादल लाग्ने र वर्षा हुने सम्भावना रहेको छ ।” 

Argakhachi Cement Island Ad

आजभन्दा भोलि तुलनात्मक रूपमा धेरै वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा विस्तारै दक्षिणतिर सर्नेक्रममा रहेकाले वर्षा पनि बढ्दै जाने मौसमविद् अधिकारी बताउँछन् । 

काठमाडौंमा बिहानैदेखि वर्षा, यी भू–भागमा हुनेछ आज भारी वर्षा

हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । 

आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्