site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा दिउँसोसम्मै वर्षा हुने
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा समेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो एक घण्टामा दाङ, बर्दियालगायत जिल्लामा भारी वर्षा मापन गरिएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।

आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए ।

Argakhachi Cement Island Ad

अहिले ठूलो पानी परिरहेको स्थानमा अपराह्नपछि केही कम हुने उनको भनाइ छ । “अपराह्नपछि सिस्टम कमजोर हुँदै जान्छ,” उनले बाह्रखरीसित भने, “त्यसपछि पानी पर्ने क्रम कम हुन्छ । राति फेरि केही स्थानमा भारी वर्षाको सम्भावना छ ।”

काठमाडौंमा अहिले हल्का वर्षा भइरहेको उनले जानकारी दिए । उनका अनुसार काठमाडौंमा आज भारी वर्षाको सम्भावना छैन ।

“काठमाडौंमा हल्का वर्षा भइरहेको छ । काठमाडौंमा भारी वर्षाको सम्भावना छैन,” उनले भने ।

आज काठमाडौंमा दिउँसो २–३ बजेसम्म पानी पर्ने क्रम जारी रहने उनले बताए ।

“काठमाडौंमा भारी वर्षाको सम्भावना छैन । २–३ बजेसम्म हल्का वर्षाको सम्भावना छ,” मौसमविद् झाले भने, “साँझतिर खुल्छ । राति १२–१ र भोलि बिहानपख पानी पर्ने सम्भावना छ ।”

महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव छ ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्