site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाई भेट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत नोना डेप्रेजले बिदाई भेट गरेकी छन् ।

कार्यकाल पुरा गरेर फर्किन लागेकी राजदूत नोनाले सोमबार आयोग कार्यालय सिंहदरबार पुगी उपाध्यक्ष श्रेष्ठसँग बिदाई भेट गरेकी हुन् ।

भेटमा आयोग उपाध्यक्ष श्रेष्ठले युरोपियन युनियन मुलुकहरूले नेपालमा गरेको सहयोगका लागि धन्यवाद दिँदै नोनाको आगामी कार्यभार सफलताको कामना गरे । नेपालमा कार्यकाल पुरा गरेर नोना अफ्रिकी मुलुक लाइबेरियाका लागि ईयू राजदूत भएर जाँदै छिन् ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्