site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीयताबारे उठेका प्रश्नमा विश्वप्रकाशको जवाफ– संघीय सरकारले प्रदेशको नीति ल्याउँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरूले प्रस्तुत गरेका एजेन्डामा संघीयतालाई बेवास्ता गरेको भन्दै कांग्रेस केन्द्रीय समितिमा आलोचना भयो ।

साउन २ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सोमबार महामन्त्रीहरूले जवाफ दिए । जवाफ दिने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले संघीय सरकारले प्रदेशको नीति कार्यक्रम नल्याउने भएकाले प्रदेश आफैँ सक्षम हुनुपर्ने बताए ।

“प्रदेश आफैँ स्वायत्त हो । जे कार्यतालिका अहिले भएका छन्, सम्बन्धित प्रदेशका सभापतिको नेतृत्वमा यी कामहरू अघि बढ्ने छ । हामीले कतिपय कुरा लेखेर र रेकर्डमा राखेका छौँ,” महामन्त्री शर्माले भने, “सम्माननीय राष्ट्रपतिज्यूले संघीय सरकारको नीति तथा कार्यक्रम ल्याउँदै गर्दा प्रदेशको पनि नीति तथा कार्यक्रम आएको हुँदैन । प्रदेशले आफैँ ल्याउने हो, नीति तथा कार्यक्रम ।”

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्