site stats
बाह्रखरी :: Baahrakhari
देश
कुटपिटबाट श्रीमतीको मृत्यु, झगडा छुट्ट्याउने क्रममा आमा गम्भीर घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सप्तरीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महादेवा गाउँपालिका–२, अकबरपुरका ३५ वर्षीय रामरूप खङ छन् ।

३० वर्षीया पार्वतीदेवी खङको हत्या गरेको आरोपमा आइतबार राति उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूबीच घरायसी झैझगडा भएको थियो । त्यसक्रममा कुटपिट गरिँदा पार्वती गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही झगडा छुट्ट्याउने क्रममा रामरूपकी आमा ६१ वर्षीया समतोलिया खङ गम्भीर घाइते भएकी छन् । छिन्नमस्ता अस्पतालमै उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्