site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिइएको छ । अध्यक्ष माधवकुमार नेपालले एक साता लामो इन्डोनेसिया भ्रमणमा जानुअघि पाण्डेलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

अध्यक्ष नेपाल आइतबार राति इन्डोनेसिया प्रस्थान गरेका छन् । त्यहाँ उनी पोलिटिकल समिटमा सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्