site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखरको प्रश्न– समाजवादी मोर्चा कसका विरुद्ध ? 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबनधन भित्रका दलहरूले बनाएको समाजवादी मोर्चा कसका विरुद्ध हो भन्दै प्रश्न उठाएका छन् । 

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा डा. कोइरालाले समाजवादी केन्द्रको निर्माण कसका विरुद्ध भएको हो भन्ने विषयमा पनि आवश्यक छलफल गर्न जरुरी रहेको बताए । 

“समाजवादी केन्द्र कसका विरुद्ध बनेको हो त्यसका विषयमा छलफल जरुरी छ,” उनले भने ।

डा.कोइरालाले भ्रष्टाचार र सुशासन अलग विषय भएको भन्दै भ्रष्टाचार नियन्त्रण र सुशासन दिने कुरामा आस्वस्त पार्न नसके जनताका घरमा भोट माग्न नजाँदा पनि हुने बताए ।
 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्