site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक : बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।  शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूको बोल्ने क्रम सकिएको छैन । शुक्रबार ३३ जनाले बोलेका थिए। त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।

जारी बैठकमा नेताहरू स्पष्ट गुटगतरूपमै आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीमा कार्यकर्ता र जनताको असन्तुष्टि बढेको, गठबन्धनले निर्वाचनमा पहिलो दल बने पनि कांग्रेसले राजनीति हारेको, सरकार जनतासँग नजोडिएको, क्रियाशील सदस्यतालगायत विषयमा आफ्नो धारणा र राखेका थिए ।

बोल्नेहरूको कित्ता स्पष्ट थियो– कि महामन्त्रीको पक्षमा, कि विपक्षमा । संस्थापन पक्ष सभापति शेरबहादुर देउवालाई जोगाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचनामा उत्रिने क्रम जारी थियो । संस्थापनइतर पक्ष सभापतिको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्