site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यसोदा तिम्सिनाका दुई मुक्तक 

१.
विषय ठूलो होइन, मेरो मुद्दा मिलाइदे सरकार 
मिल्दैन भने तत्काल माना चामल भराइदे सरकार ! 
रेशम/आलम निर्दोष, म दोषी ? यो कस्तो न्याय हो ? 
बाइज्जत मेरो पनि मुद्दा फिर्ता गराइदे सरकार !

२.
बरु, म उच्च अदालत जान्छु र पुनरावेदन गर्छु 
कि मलाई जिल्ला, उच्च र सर्वोच्चमा हराइदे सरकार ! 
बाँच्नुभन्दा मर्न गाह्रो छ भन्छन् मरेर बाँचेकाहरू 
राज्यका कारण मरिदिउँला, प्रतिवादीलाई मार्न अह्राइदे सरकार !
 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०७:१४
प्रतिक्रिया दिनुहोस्